नागार्जुन नगरपालिका वडा नं १०, स्युचाटार,
काठमाडौं, बागमती प्रदेश

Edit Template

परिचय

देशको संघीय राजधानी, काठमाडौँमा अवस्थित नागार्जुन नगरपालिका यसको धार्मिक तथा पर्यटकीय गन्तव्यको दृष्टिकोणले देशकै एक सुपरिचित नगरपालिका हो । यो नगरपालिकालाई विभिन्न १० वडामा विभाजन गरिएको छ । जस मध्यकै एउटा वडा हो वडा नं.१०     

नेपाल सरकारको निर्णय बमोजिम मिति २०७१ मसिंर १६ गतेको निणय अनुसार काठमाडौं जिल्लाका नार्गाजुन नगरपालिका साबिकको स्युचाटार गाउँविकास समितिका वडा नं. २, ४  ५, र साविकको स्युचाटार गाउँ विकास समिति अन्तर्गत रहेको यो वडा थापागाउँ, टप्पाकोट, खड्का गाऊँ, घ्याम्पे डोल, नेवार गाऊँ, कमलपोखरी, खत्री गाऊँ, पन्त टोल, रोका गाऊँ, लामिछाने गाऊँ र शिव डोल, डाडाँ पाटि चोक आदी गाऊँ टोल मिलेर वडा १० घोषणा  भएको हो । 

भुसंरचनाको हिसाबले उपत्यका क्षेत्रमा पर्ने वडा नं. १०, क्षेत्रफलको हिसाबले १० वर्गकिलोमिटरमा फैलिएको छ । समुन्द्री सतहदेखि १३०० मिटरदेखि झण्डै १७०० मिटर उचाईमा अवस्थित यो वडामा करिब १० हजार जनसंख्याको बसोबास रहेको अनुमान छ । पुर्व र पश्चिममा नार्गार्जुन नगर पालिका वडा नं ९, दक्षिणमा र उत्तरमा काठमाडौं महानगर पालिका वडा १४ र चन्द्रागिरि नगरपालिका वडा १३ मा चन्द्रागिरी नगरपालिका रहेका छन् ।

वडा नं. १० ले समृद्ध वडा र सुखी वडाबासीको परिकल्पना अनुरुप विभिन्न नीति तथा कार्यक्रमको निर्माण र सोको कार्यान्वयन गर्दै आइरहेको छ । खासगरी नेपालको संविधान २०७२ जारी भएपछि सम्पन्न भएको पहिलो स्थानीय निर्वाचान २०७४ मा वडाध्यक्ष सुन्दरबहादुर केसीको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिहरुको आगमन पश्चात नागार्जुन १० नं वडाले लोभ लाग्दो प्रगति हाँसिल गरेको छ ।

हाल कार्यरहत जनप्रतीनधी हरु

सुन्दर बहादुर केसी

सुन्दर बहादुर केसी

वडाध्यक्ष

हाल कार्यरहत वडासदस्यहरू

बिदुर पन्त

बिदुर पन्त

वडासदस्य
इशु खड्का

इशु खड्का

वडासदस्य
सितल भित्रकोटी

सितल भित्रकोटी

वडासदस्य

हाल कार्यरहत कर्मचारी हरु

लक्ष्मी ज्ञवाली

लक्ष्मी ज्ञवाली

वडासचिव
कन्चन वलार्मी

कन्चन वलार्मी

वडा प्राविधिक
भिम कुमारी वन

भिम कुमारी वन

सहायक कम्पयुटर अपरेटर
सम्झना अधिकारी

सम्झना अधिकारी

सहायक कम्पयुटर अपरेटर
गंगा खत्री

गंगा खत्री

कार्यालय सहयोगी

डाटा संकलन स्वयंसेविका

कमला पोखरेल

कमला पोखरेल

डिलू महर्जन

डिलू महर्जन

बानीता खड्का

बानीता खड्का

बिना थापा (रोकाया)

बिना थापा (रोकाया)

सरस्वती बिस्ट

सरस्वती बिस्ट

वडाध्यक्षबाट विशेष सन्देश ​

“नागार्जुन नगरपालिका वडा नं. १० को वडाध्यक्षको हैसियतले यो वडास्तरीय वस्तुगत विवरण (वडा प्रोफाइल) सार्वजनिक गर्न पाउँदा म अत्यन्त हर्षित छु । यो वस्तुगत विवरण वडाको समग्र सामाजिक, आर्थिक, शैक्षिक, भौतिक तथा पर्यावरणीय अवस्थाको यथार्थपरक प्रतिबिम्ब हो, जसलेआगामी योजना, नीति निर्माण, सेवा प्रवाह तथा दिगो विकासका लागि भरपर्दो आधार तयार गर्नेछ । वडा नं. १० ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यले भरिपूर्ण र सामुदायिक सहअस्तित्वको अनुपम उदाहरण हो । यहाँ बसोबास गर्ने विविध जातीय, भाषिक र धार्मिक समुदायहरू बीचको सामाजिक एकता र सहकार्य वडाको प्रमुख पहिचान हो ।


हामीले शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार, पूर्वाधार सुदृढीकरण, खानेपानी व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, सामाजिक सुरक्षा, वातावरण संरक्षण, र डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै आएका छौँ । साथै, पर्यटन प्रवद्र्धन, स्थानीय सीप र स्रोतको परिचालन, साथै युवा तथा महिलाको सशक्तीकरणमा पनि निरन्तर अग्रसर छौँ ।
यस प्रतिवेदनको तयारीमा योगदान पु¥याउनु हुने वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि, स्थानीय संस्था, स्वयंसेवक, तथा जानकारी उपलब्ध गराउन सहयोग गर्ने सम्पूर्ण समुदायप्रति म आभार प्रकट गर्न चाहन्छु ।
हामी सबैको साझा प्रयासबाट वडा नं. १० लाई अझ समुन्नत, समावेशी, आत्मनिर्भर र नागरिकमैत्री बनाउने दृढ संकल्प व्यक्त गर्दछु”

सुन्दर बहादुर केसी
वडाध्यक्ष, नागार्जुन नगरपालिका वडा नं. १०

Shopping Basket