देशको संघीय राजधानी, काठमाडौँमा अवस्थित नागार्जुन नगरपालिका यसको धार्मिक तथा पर्यटकीय गन्तव्यको दृष्टिकोणले देशकै एक सुपरिचित नगरपालिका हो । यो नगरपालिकालाई विभिन्न १० वडामा विभाजन गरिएको छ । जस मध्यकै एउटा वडा हो वडा नं.१०
नेपाल सरकारको निर्णय बमोजिम मिति २०७१ मसिंर १६ गतेको निणय अनुसार काठमाडौं जिल्लाका नार्गाजुन नगरपालिका साबिकको स्युचाटार गाउँविकास समितिका वडा नं. २, ४ ५, र साविकको स्युचाटार गाउँ विकास समिति अन्तर्गत रहेको यो वडा थापागाउँ, टप्पाकोट, खड्का गाऊँ, घ्याम्पे डोल, नेवार गाऊँ, कमलपोखरी, खत्री गाऊँ, पन्त टोल, रोका गाऊँ, लामिछाने गाऊँ र शिव डोल, डाडाँ पाटि चोक आदी गाऊँ टोल मिलेर वडा १० घोषणा भएको हो । भुसंरचनाको हिसाबले उपत्यका क्षेत्रमा पर्ने वडा नं. १०, क्षेत्रफलको हिसाबले १० वर्गकिलोमिटरमा फैलिएको छ । समुन्द्री सतहदेखि १३०० मिटरदेखि झण्डै १७०० मिटर उचाईमा अवस्थित यो वडामा करिब १० हजार जनसंख्याको बसोबास रहेको अनुमान छ । पुर्व र पश्चिममा नार्गार्जुन नगर पालिका वडा नं ९, दक्षिणमा र उत्तरमा काठमाडौं महानगर पालिका वडा १४ र चन्द्रागिरि नगरपालिका वडा १३ मा चन्द्रागिरी नगरपालिका रहेका छन् । वडाको २०८२ को तथ्याङक सङकलन अनुसार अनुसार वडाको कुल जनसंख्या ६६४६ रहेको छ । जसमध्ये पुरूष ३२९३ र महिला ३३५३ रहेको छ । घरधुरी संख्या १५४३ रहेको यस वडामा मुख्यरुपमा बाहुन, क्षेत्री, नेवार, मगर, सन्यासी जस्ता जातीको बाहुल्यता रहेता पनि बिभिन्न जातजाती, समुदाय तथा धर्मावलम्विहरु बसोबास रहेको छ, जसमध्य अधिकांश जनसंख्या हिन्दु, इसाइ र बौद्ध धर्ममा आस्था राख्ने पाईन्छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकिय गन्तब्यको रुपामा महत्व राख्ने महत्वपुर्ण स्थलहरू १. तार्केश्वर महादेव मन्दिर २. भैरवी मन्दिर ३. यज्ञश्वर महादेव मन्दिर ४. कृष्ण मन्दिर ५. पन्चकन्या मन्दिर ६. कोटकी पञ्चकन्या देवी मन्दिर ७. कमलपोखरी ८. घ्याम्पे कुवा क्रियापुत्री भवन ९. रेठ्डे पँधेरा, बिभिन्न ठाउँमा रहेका पार्क जस्ता स्थानले यस वडाकोे सौन्दर्यता बढाएको छ ।
वडा नं. १० ले समृद्ध वडा र सुखी वडाबासीको परिकल्पना अनुरुप विभिन्न नीति तथा कार्यक्रमको निर्माण र सोको कार्यान्वयन गर्दै आइरहेको छ । खासगरी नेपालको संविधान २०७२ जारी भएपछि सम्पन्न भएको पहिलो स्थानीय निर्वाचान २०७४ मा वडाध्यक्ष सुन्दरबहादुर केसीको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिहरुको आगमन पश्चात नागार्जुन १० नं वडाले लोभ लाग्दो प्रगति हाँसिल गरेको छ ।
“नागार्जुन नगरपालिका वडा नं. १० को वडाध्यक्षको हैसियतले यो वडास्तरीय वस्तुगत विवरण (वडा प्रोफाइल) सार्वजनिक गर्न पाउँदा म अत्यन्त हर्षित छु । यो वस्तुगत विवरण वडाको समग्र सामाजिक, आर्थिक, शैक्षिक, भौतिक तथा पर्यावरणीय अवस्थाको यथार्थपरक प्रतिबिम्ब हो, जसलेआगामी योजना, नीति निर्माण, सेवा प्रवाह तथा दिगो विकासका लागि भरपर्दो आधार तयार गर्नेछ । वडा नं. १० ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यले भरिपूर्ण र सामुदायिक सहअस्तित्वको अनुपम उदाहरण हो । यहाँ बसोबास गर्ने विविध जातीय, भाषिक र धार्मिक समुदायहरू बीचको सामाजिक एकता र सहकार्य वडाको प्रमुख पहिचान हो ।
हामीले शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार, पूर्वाधार सुदृढीकरण, खानेपानी व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, सामाजिक सुरक्षा, वातावरण संरक्षण, र डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै आएका छौँ । साथै, पर्यटन प्रवद्र्धन, स्थानीय सीप र स्रोतको परिचालन, साथै युवा तथा महिलाको सशक्तीकरणमा पनि निरन्तर अग्रसर छौँ ।
यस प्रतिवेदनको तयारीमा योगदान पु¥याउनु हुने वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि, स्थानीय संस्था, स्वयंसेवक, तथा जानकारी उपलब्ध गराउन सहयोग गर्ने सम्पूर्ण समुदायप्रति म आभार प्रकट गर्न चाहन्छु ।
हामी सबैको साझा प्रयासबाट वडा नं. १० लाई अझ समुन्नत, समावेशी, आत्मनिर्भर र नागरिकमैत्री बनाउने दृढ संकल्प व्यक्त गर्दछु”
नागरिकता प्रमाणपत्र बनाउन काठमाडौं महानगरपालिका वा जिल्ला प्रशासन कार्यालयमा आवेदन दिन सकिन्छ।
आवश्यक कागजात: जन्म प्रमाणपत्र, निवास प्रमाणपत्र, आमाबुवाको नागरिकता।
समय: १५-३० दिन (सामान्य अवस्थामा)।
ऑनलाइन: https://kathmandu.gov.np मा इलेक्ट्रोनिक भुक्तानी गर्न सकिन्छ।
ऑफलाइन: नगरपालिकाको राजस्व कार्यालयमा जाँदै नगद वा चेकबाट तिर्न सकिन्छ।
आवश्यक कागजात: घर दर्ता प्रमाणपत्र (House Ownership Document)।
सामान्य केस: १५-३० दिन (यदि सबै कागजात पूरा छन् भने)।
आवश्यक कागजात: जग्गाको नक्सा, नागरिकता, सिफारिस, इन्जिनियरको डिजाइन।
सम्पर्क: नगरपालिकाको नगर योजना विभाग।
रजिस्ट्रेशन: नजिकैको वार्ड कार्यालयमा सम्पर्क गर्नुहोस्।
समयतालिका: प्रत्येक बिहान ६-८ बजे (स्थान अनुसार फरक हुन सक्छ)।
शुल्क: मासिक रु. २००-५०० (घरको प्रकार अनुसार)।
आवश्यक कागजात:
नागरिकता (दुबै पक्ष)
जन्म प्रमाणपत्र
२ जना साक्षी
विवाह फोटो (यदि विवाह भएको छ भने)
स्थान: काठमाडौं महानगरपालिका वा सम्बन्धित वार्ड कार्यालय।
समय: १-३ दिन (यदि सबै कागजात पूरा छन् भने)।
देशको संघीय राजधानी, काठमाडौँमा अवस्थित नागार्जुन नगरपालिका यसको धार्मिक तथा पर्यटकीय गन्तव्यको दृष्टिकोणले देशकै एक सुपरिचित नगरपालिका हो । यो नगरपालिकालाई विभिन्न १० वडामा विभाजन गरिएको छ । जस मध्यकै एउटा वडा हो वडा नं.१०